बैतडी । बैतडी सिगासमा एकजना मृत भेटिएका छन् । सिगास गाउँपालिका ६ लाम्बगर घर भएका अन्दाजी ३५ बर्षीय नयनसिंह रोकाया बुधबार मृत फेला परेका हुन् । रोकाया सिगास गाउँपालिकामा गणक पदमा कार्यरत रहेका थिए । सोमबार घरबाट कार्यालय जान्छु भनि हिँडेका रोकया आज सिगास गाउँपालिकाको महादेवडाँडा भन्ने स्थानमा मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । रोकायाको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रोकायाको शव डाँडाबाट करीब ३ सय मिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको हो । घटनाका बारेमा थप बुझ्नका लागि प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थल तर्फ गएको छ ।
बैतडीको सिगासमा एक कर्मचारी मृत भेटिए
बैतडीको सिगासमा एक कर्मचारी मृत भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

