बैतडी। बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग फेरी अवरुद्ध भएको छ। राजमार्गको खोड्पे–श्रीभावर सडक खण्ड अन्तगर्त बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बिहीबार राती खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बझाङ तर्फ जाने गाडी र बझाङबाट अन्य तराईका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । सडकमा ठूलो पहिरो खसेको बताइएको छ । पहिरो पन्छ्याउनका लागि समन्वय भईरहेको प्रहरी प्रवक्ता खड्काले बताए । बर्षातको समयमा पहिरो खस्ने भएकाले जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग फेरी अवरुद्ध
बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग फेरी अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

