धनगढीः कैलालीमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का ३३ वर्षीय महेश चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


