धनगढी: कञ्चनपुरस्थित महेन्द्रनगरको वडा प्रहरी कार्यालयभित्रै कुटाकुट भएको घटना सार्वजनिक भएको छ। कार्यालयभित्रै कुटाकुट भएको घटनामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यसबारे केहीबेरमै जिल्ला प्रहरी कार्यालयले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी छ। सो घटना हुँदा कार्यालय प्रमुख इन्स्पेक्टर दर्शन खड्का भने कार्यालयमा उपस्थित नरहेको बताइएको छ।


