धनगढी । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१ तारापुर ढक्का शिविरकी ६० वर्षीया लक्ष्मी डगौरा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट डगौराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष मोतीराम डगौराका अनुसार राति हात्ती घरमा आक्रमण गर्न आएपछि श्रीमान् भागेर ज्यान जोगाउन सफल भएका थिए। तर, भाग्ने क्रममा रहेकी लक्ष्मीलाई हात्तीले आक्रमण गरी ज्यान लिएको हो


