धनगढीः काठमाडौँबाट धनगढीतर्फ आँउदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ स्थित यस मोड नजिक महेन्द्र राजमार्गमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका हुन्।
सुदूरपश्चिम यातायातको सुप्र०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्करसिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका– ३ का ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का र दार्चुलाको मार्मा गाउँपालिका– ३ का ४८ वर्षीय धनञ्जय जोशी रहेका छन्।
यस्तै, बसचालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक र सहचालक कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशी पनि दुर्घटनामा घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सातै जनालाई उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल पठाइएको छ।


