धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी जवान सुवास पुजारालाई भदौ महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।
प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी लगनशील र कर्तव्यनिष्ठ भएर पूरा गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली मातहत जानकी गाउँपालिका–९ अमरावतीमा शव नदीमा बगाएको घटनाको योजनाबद्ध रूपमा सफल अनुसन्धान गरेको भन्दै पुजारालाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

प्रहरी जवान पुजारा प्रहरी वृत्त जनसेवा, काठमाडौंको दरबन्दीमा रहेर हाल इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत छन्। उनको अपराध अनुसन्धानमा देखाएको सक्रियता तथा प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले प्रशंसापत्र प्रदान गरेका हुन्।

