धनगढीः होटल व्यवसायी संघ कैलालीले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीपीडितको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा प्रभावित क्षेत्रमा तत्काल राहत र पुनःस्थापनाको आवश्यकता रहेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको संघले जनाएको छ। संघले विपद्को यस कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।


