धनगढी। धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा। गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र दिएको छ। व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा केसीलाई पत्र दिइएको बताउँदै डा.केसीले पूर्वसूचना बिना धर्मशालामै सत्याग्रह थालेको जनाए ।
अध्यक्ष पन्तले धार्मिक संस्थामा अनसन बस्न किन दिएको भन्ने बाहिरबाट दबाब आउन थालेकाले धर्मशाला छाड्न अनुरोध गरेको बताए । व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र दिएपछि अबको विकल्पबारे छलफल भइरहेको डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए।
डा. केसी पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा छन्।

