डडेल्धुरा: डडेल्धुरामा गएराती २ बजे भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । धनगढी बाट दार्चुला तर्फ गईरहेको सु प प्र ०१–००१ज १८५० नं. जीप दशरथ चन्द राजमार्ग सडक खण्ड अर्न्तगत डडेल्धुराको अमरगढी नगरपालिका ७, खसरेखान नजिक जीप दुर्घटना हुदा दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं. १ वस्ने वर्ष अन्दाजी ४५ का सुगन लोथ्याल र वर्ष अन्दाजी २८ की अनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कायालय डडेल्धुराका सुचना अधिकारी प्रहरी निरिक्षक भाष्कर चन्दले बताए ।
उनका अनुसार दुर्घटनामा परि चालक बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा नं. ३ वस्ने वर्ष अन्दाजी २० का अमृत घरेडी, दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका १ वस्ने वर्ष अन्दाजी ३५ की सरस्वती लोथ्याल र दार्चुला जिल्लाकै मार्मा गाउँपालिका ३ वस्ने वर्ष अन्दाजी ५० का अमर सिंह घाईते भएका छन ।
घाईते तीनै जनाको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको उनले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा रातीको समयमा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने देखिएको छ । जीप करिब ४०० मिटर तर भिरमा खसेको छ ।

