धनगढी: बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ। नगरपालिकाको राताशिलामा भएको दुर्घटनामा ४४ वर्षीय ट्याक्टर चालक देवसिंह भण्डारीको ज्यान गएको हो। बिहीबार अन्दाजी साढे तीन बजे भएको दुर्घटनामा अंन्दाजी १५;३० बजेको समयमा पुरघाटबाट ढोल्यामोड जान लागेको सु.प.प्र.०२-००१ त.१६०० नम्बरको ट्याक्टर सडक बाट अन्दाजी २०/२५ मिटर तल खस्न गई दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ।
दुर्घटनामा पुर्चौडी-१ बुदडा घर भई हाल महेन्द्रनगर बस्दै आएका चालक भण्डारीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त ट्रयाक्टरमा अन्य सवार कोहि नरहेको, उक्त स्थानमा प्रहरी चौकी पुरघाट बैतडीबाट प्रहरी टोली खटिएको जनाइएको छ।

