धनगढी । कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको उपकुलपतिमा पुनः प्राडा। सुनीलकुमार जोशी नियुक्त हुनुभएको छ । जोशी यसअघि २०८२ पुस २२ गते उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।
बुधबार बसेको विश्वविद्यालयको सिनेट बैठकले जोशीलाई उपकुलपति नियुक्त गरेको हो । यस्तै रजिस्ट्रारमा डा। भीम चन्दलाई नियुक्त गरिएको छ ।
यसअघि असार दोस्रो साता गठन गरिएको सिफारिस समितिले उपकुलपतिका लागि तीन र रजिस्ट्रारका लागि सात जनाको नाम सर्टलिस्ट गरेको थियो । तीमध्ये उपकुलपतिका लागि दुई र रजिस्ट्रारका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको थियो । त्यसै आधारमा सिनेटले जोशी र चन्दलाई नियुक्त गरेको हो।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त गरेपछि गठित सिफारिस समितिको सिफारिसका आधारमा नियुक्ति गरिएको छ । नयाँ नेतृत्वसँगै गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।

