धनगढी । रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी मत बाजुराका हेमराज थापाले पाएका हुन् । उनले २०३० मत पाएका छन् ।
यस्तै सांसद केपी खनालले १८४६ मत पाएका छन् । उनी प्रदेशबाट सर्वाधिक मत पाउनेमा दोस्रोमा छन् । तेस्रोमा दीपक बोहरा छन् । उनले १४५० मत पाएका छन् ।
जानिका जोशीले ११४८ र चन्द्रा ऐरले ११२६ मत पाएकी छिन् ।

