धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि डोटी जिल्लाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
डोटीबाट विज्ञान संकायतर्फ १०, व्यवस्थापनतर्फ १९, शिक्षातर्फ २ तथा होटल म्यानेजमेन्टतर्फ १ जना विद्यार्थी छनोट भएका छन्। व्यवस्थापन संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।
एसईई परीक्षाको नतिजाका आधारमा छनोट भएका विद्यार्थीले संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन्।


