धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर सुदूरपश्चिम प्रदेश सरकारबाट तत्काल मन्त्री नफेर्न निर्देशन दिएका छन् ।
सोमबार एमाले संसदीय दलले पार्टीबाट सरकारमा गएका मन्त्री फेरबदल गर्ने निर्णय लिन बैठक बसिरहेको थियो । त्यही बेला अध्यक्ष ओलीले फोन गरेर तत्काल सरकारमा रहेका मन्त्री नफेर्न निर्देशन दिएको एक नेताले बताए ।
एमालेबाट हाल प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था मन्त्री वीरबहादुर थापा र राज्यमन्त्री निर्मला साउँद सहभागी छन् ।


