धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले निरन्तरता पाउने भएका छन् । कांग्रेस संसदीय दलको नेताबाट उनलाई हटाउन सक्रिय पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
मुख्यमन्त्रीको तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बमले वार्ता गरेका थिए । असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीमा सहमति गरेको स्रोतको दाबी छ ।
अहिले सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री पाएको छ । अहिलेको सहमतिअनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् भने मुख्यमन्त्रीसहित एक मन्त्री र एक राज्यमन्त्री अहिलेको सत्ता पक्षकै रहनेछन् ।

मन्त्रालय भने मुख्यमन्त्रीले नै निर्धारण गर्ने अडान लिएको वार्ता स्रोतले बताएको छ।