धनगढी । कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण गरिने भएको छ । पुलको शनिवार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले शिलान्यास गरेका छ ।
पुल एक करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँको लागतमा निर्माण गर्नका लागि कृजल त्रिनेत्र सिद्ध नाथ जेभी सँग ठेक्का सम्झौता गरिएको छ । सझौता अनुसार पुस मसान्त भित्र आकाशे पुल निर्माणको काम सक्नुपर्ने छ ।
नगर प्रमुख भट्टले सवारी चाप बढ्दा पैदल यात्रीको जोखिमलाई मध्यनजर गर्दै पुल निर्माणको योजना अघि बढाइएको बताए । पुल निर्माणका लागि गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो ।


