धनगढी । डिस्कभरी माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै धनगढीको शैक्षिक क्षेत्रमा आफ्नो सशक्त उपस्थितिलाई पुनः स्थापित गरेको छ। विद्यालयले यस वर्ष ९२ प्रतिशत नतिजा हासिल गर्न सफल भएको जनाएको छ।
विद्यालयका विद्यार्थी अनुपराज गिरीले ४ GPA प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्। त्यस्तै, ३.६ देखि ४ GPA सम्म ११ जना विद्यार्थी सफल भएका छन् भने ३.२ देखि ३.६ GPA सम्म २० जना, २.८ देखि ३.२ GPA सम्म १६ जना तथा २.४ देखि २.८ GPA सम्म १ जना विद्यार्थी उत्तीर्ण भएका विद्यालय प्रशासनले जानकारी दिएको छ।

पछिल्ला वर्षहरूमा पनि उत्कृष्ट तथा शतप्रतिशत नतिजा ल्याउँदै आएको विद्यालयले यस वर्ष समेत उल्लेखनीय सफलता हासिल गरेको हो। छोटो समयमै गुणस्तरीय शिक्षाका कारण अभिभावक तथा विद्यार्थीमाझ विश्वास जित्न सफल विद्यालयले SEE नतिजामार्फत आफ्नो शैक्षिक स्तरलाई पुनः प्रमाणित गरेको छ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पित शिक्षण शैली तथा अभिभावकहरूको साथ–सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको हो। विद्यालयले आगामी दिनहरूमा पनि आधुनिक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


