धनगढी — धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तह (कक्षा ८) नगरस्तरीय परीक्षामा धनगढी–३ स्थित मयुर बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयका सम्पूर्ण विद्यार्थी उत्तीर्ण हुँदै उत्कृष्ट ग्रेडसहित सफलता हासिल गरेका हुन्।
विद्यालयका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने अधिकांशले उच्च जीपीए ल्याएका छन्। नतिजाअनुसार A+ (३.६–४.०) ग्रेडमा १२ जना, A (३.२–३.५९) ग्रेडमा ७ जना र B+ (२.८–३.१९) ग्रेडमा ३ जना विद्यार्थी रहेका छन्।
A+ ग्रेडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये आदित्य कुँवरले ३.९८ जीपीए ल्याउँदै शीर्ष स्थान हासिल गरेका छन्। विद्यालयले उत्कृष्ट नतिजापछि विद्यार्थी, अभिभावक तथा शिक्षकको मेहनत र समर्पणलाई धन्यवाद दिँदै सबैप्रति गर्व व्यक्त गरेको छ। विद्यालय प्रशासनका अनुसार निरन्तर परिश्रम, गुणस्तरीय शिक्षण र अनुशासनका कारण यस्तो उल्लेखनीय सफलता सम्भव भएको हो।
यस नतिजाले धनगढीका निजी विद्यालयहरूको शैक्षिक स्तर सुदृढ हुँदै गएको संकेत समेत गरेको छ।


