धनगढी । २ फागुनमा कैलालीमा एक युवती मृत फेला परिन् । जिल्लाको मोहन्याल गाउँपालिका– १ को तल्लोपानीस्थित नवप्रगतशिल सामुदायिक वनमा अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको थियो । शव भेटिएको दुई मनिा पुग्नै लाग्दा पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार युवतीको मुख जलाएको अवस्थामा शव भेटिएको थियो ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थी नेतृत्वमा एक टोली र जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धान शाखाको अर्को टोली खटाइएको थियो । अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि प्रयोग गरिएको थियो । तर, शवको सनाखत हुन नसक्दा अनुसन्धानमा समस्या भएको बताइएको छ ।


