धनगढी: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षामन्त्रीलाई बुझायो ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । बुधवार विश्वविद्यालय सभामा सहभागी हुन आएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेटेर समितिले ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा विश्वविद्यालय सुदूरपश्चिमका जनताको लामो संघर्ष र सपना भएको उल्लेख गरिएको छ। नेपाल सरकारले २०७९ जेठ ४ गते प्रतिनिधिसभाबाट सम्बन्धित विधेयक पारित गरी राष्ट्रपति मार्फत प्रमाणीकरण भइसके पनि विश्वविद्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ।
उक्त ज्ञापनपत्र धर्मसिंह कुँवर (सचिव), आनन्द प्रसाद भट्ट (सह–संयोजक) र लोकराज पाण्डेय (संयोजक) लगायतका पदाधिकारीहरूले हस्ताक्षर गरी बुझाएका हुन्।


