धनगढी । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ४६.५४ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर कुल १७ लाख १६ हजार ६६० मतदातामध्ये ७ लाख ९९ हजार १९ जनाले मतदान गरेका छन्।
जिल्लागत विवरण अनुसार सबैभन्दा बढी मतदान कञ्चनपुरमा भएको छ। कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ६३ हजार ५७ जनाले मतदान गर्दा ५१.८६ प्रतिशत मतदान भएको छ। कैलालीमा ५ लाख ५१ हजार ५२ मतदातामध्ये २ लाख ८२ हजार २५४ मत खसेको छ, जुन ५१.२२ प्रतिशत हो।
यस्तै बाजुरामा ४८.७५ प्रतिशत मतदान भएको छ। ८७ हजार ८६१ मतदातामध्ये ४२ हजार ८३४ जनाले मतदान गरेका छन्। दार्चुलामा ९२ हजार ९४८ मतदातामध्ये ४४ हजार ५७७ मत खसेको छ, जुन ४७.९५ प्रतिशत हो। डडेल्धुरामा ९३ हजार ४०३ मतदातामध्ये ४१ हजार ३६८ जनाले मतदान गर्दा ४४.२८ प्रतिशत मतदान भएको छ भने बझाङमा १ लाख २६ हजार ९०३ मतदातामध्ये ५६ हजार ६२ जनाले मतदान गरेका छन्, जुन ४४.१७ प्रतिशत हो।
यस्तै बैतडीमा १ लाख ५६ हजार ३७२ मतदातामध्ये ६४ हजार ८३८ मत खसेको छ, जसले ४१।४६ प्रतिशत मतदान देखाएको छ। अछाममा १ लाख ६५ हजार ३३७ मतदातामध्ये ५८ हजार ६४८ मत खसेको छ, जुन ३५.४७ प्रतिशत हो भने डोटीमा १ लाख २८ हजार ३९९ मतदातामध्ये ४५ हजार ३८१ मत खसेको छ, अर्थात् ३५.३४ प्रतिशत मतदान भएको छ।
प्रदेशका सबै मतदान केन्द्रमा हालसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।

