धनगढी । स्वतन्त्र पार्टी रास्वपाले आगामी फागुन पहिलो साता कैलालीको धनगढीमा चुनावी सभा आयोजना गर्ने भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाले ६ फागनुमा धनगढीको पशुपति टोलमा चुनावी सभा आयोजनना गर्न लागेको हो ।
उक्त सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि रास्वपाले मधेश प्रदेश धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको थियो । सभामा रास्वपाका सभापति लामिछाने, वरिष्ठ नेता बालेनसहितले सम्बोधन गरेका थिए । बालेनले जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरु गरेका थिए ।


