धनगढी । स्वतन्त्र पार्टी रास्वपा को उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा रहेका कुलमान घिसिङ र रास्वपाबीचको सहमति भाँडिएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपा स्रोतले बतायो ।
ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलका क्रममा घिसिङले मुख्यत ६ वटा विषय राखेका थिए ।
ुरास्वपाले सिद्धान्त परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने, आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य दिनुपर्ने उहाँको प्रस्ताव थियो,ु रास्वापमा एक नेताले भने, ुप्रत्यक्ष उम्मेदवारका लागि आफ्नो पक्षको संख्या दिनुपर्ने र उम्मेदवार आफैले चयन गर्न पाउनुपर्ने, चुनावपछि बन्ने सरकारमा आफ्नो पक्षका लागि निश्चित पदहरू अहिले नै टुंग्याउनुपर्ने जस्ता माग राखेपछि थप सहमतिका लागि अघि बढ्नुपर्ने अवस्था रहेन ।
रास्वपा प्रवक्ता मनीष झाले पनि अहिलेलाई एकता नहुने भएको बताए । आगामी दिनमा सहकार्य गर्ने गरी अहिलेलाई एकता सम्भव भएन । अहिले नै उम्म्मेदवारको संख्या दिने र तपाईं नै उम्मेदवार टुंग्याउनुस् भन्न सकिएन, कस्ता उम्मेदवार ल्याउनुहोला भन्ने हामीलाई शंका छ, उनले भने, ुलोकतान्त्रिक सिद्धान्त अपानाएको पार्टी भएकाले अन्य सिद्धान्त लिइराख्नुपरेन । पार्टीको नाम परिवर्तन गर्ने कुरा पनि सम्भव भएन ।

