जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गृहजिल्ला गोरखाबाट चुनाव लड्ने घोषणा गरेका छन्। गोरखा १ बाट चुनाव लड्ने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। कुन पार्टीबाट लड्ने उनले खुलाएका छैनन्। गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन शाह र कुलमान घिसिङलाई मिलाउन भूमिका खेलेका थिए। २०७९ को निर्वाचनमा गोरखा १ बाट नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाई विजयी भएका थिए।
गुरुङले फेसबुकमा लेखेका छन् :
गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।
आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।

