धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कैलालीले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ का लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ। शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली क्षेत्र नम्बर ३ कार्यसमिती सहितको भेलाले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम सिफारिस गरेकोहो ।
क्षेत्रिय सभापति खगेन्द्र बहादुर रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी संसदिय समितीको परिपत्र अनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागी क्षेत्र नम्बर ३ बाट नाम सिफारिस गएको बताए । ्प्रत्यक्षतर्फ विरेन्द्र बहादुर बम, नविन प्रकाश उपाध्याय र शिव नाराण्ण चौधरीको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिक उम्मेदवारका लागी खस आर्य दिपक बम ठकुरी, देव बहादुर नेगी , उमेश शिवाकोटी छन् । महिला तर्फ शुसिला कठरिया दलित तर्फ गगन बहादुर विश्वकर्मा, धन बहादुर विक र आदीवासी कोटा बाट हनुमान चौधरीको नाम सिफारिस गरिएको अध्यक्ष रावलले जानकारी दिए ।

