कञ्चनपुरः कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका-१८ गल्ली नम्वर ५ मा रहेको पर्वत होटलमा जुवातास खेलिरहेका ७ जना जुवाडेलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेका ७ जना र नगद २२ हजार एक सय पन्ध्र रुपैया बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

