काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे थाहा नभएको बताए ।
उनी उपमहासचिव पदका दाबेदार हुन् । भट्टले केही समय कुर्न आग्रह गरे । आफू यसअघि नै सचिव भइसकेकाले उक्त पदमा फेरि उम्मेदवार नबन्ने बताएर उनी नेताहरूसँगको छलफलमा रहेको स्रोतले जनाएको छ ।


