धनगढी । कैलालीबाट प्रहरीले ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना तोकेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागू औषध मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका–१०, पहलमानपुरका २३ वर्षीय चक्र जैगडी लागू औषध मुद्दामै १ महिना १५ दिन कैद सजाय तोकिएका जानकी गाउँपालिका–७, गोलोरीका २१ वर्षीय शंकर चौधरी, बहुविवाह मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–२ विजयपुरकी २७ वर्षीय मिना कुमारी चौधरी र बैङ्किङ कसुर मुद्दामा ३ दिन कैद र १५ हजार जरिवाना तोकिएका भजनी नगरपालिका– ९ का बुधराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

