धनगढी: सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले महिला पत्रकार ऐश्वर्या कुँवरलाई सम्मान गरेको छ। मंगलबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराँते प्रतियोगिता उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले कुँवरलाई प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन्।
खेलकुद क्षेत्रका मुद्दा निरन्तर उठाउँदै खेलाडी र खेलकुदको विकासमा योगदान पुर्याएको कारण सम्मान गरिएको संघले जनाएको छ। झण्डै आठ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवर आभास डटकम की सञ्चालिका र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्य हुन्। उनले समसामयिक विषयदेखि खेलकुदसम्मका समाचारलाई निरन्तर प्राथमिकतामा राख्दै आएकी छिन्। सम्मान ग्रहण गर्दै कुँवरले आफूलाई दिइएको मान प्रतिष्ठाले अझ ठूलो सामाजिक जिम्मेवारी थपिएको बताइन्।
सोही कार्यक्रममा मनिषा बोहरा, कञ्चन बोहरा, सोनिया तिरुवा, सुनिता सुनार र आस्था लुहारलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।

