धनगढी । सुदूरपश्चिको प्रमुख नाका गौरिफन्टा नाकाबाट भारत प्रवेशमा रोक लगाइएको छ । भारतसँगको गौरिफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो । गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत प्रवेश गर्न खोजेका नेपालीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले फर्काएको पीडितहरूले गुनासो गरेका छन् ।
नेपालको पछिल्लो स्थितीलाई मध्यनजर गर्दै भारतले नेपाली नाकाहरुमा कडाई गरेको छ । नेपाल सगं जोडिएका नाकाहरुबाट आधारकाड बिना प्रवेशमा रमेक लगाएको हो । कैलालीको गौरिफन्टा नाकाबाट समेत भारत प्रवेशमा रोक लगाइएको हो । भारततर्फबाट प्राप्त आदेशका आधारमा रोक लगाइएको र नेपालका विभिन्न कारागारबाट कैदीबन्दी भागेपछि उनीहरू सीमा हुँदै भारत पस्न सक्ने आशंकाले सुरक्षा कडाइ गरिएको बताइन्छ । जसका कारण बिभिन्न कामले भारत प्रवेश गर्ने नेपालीहरु नकामै रोकिएका छन् । भारतमै बसोबास गरिरहेका नेपालीहरु गन्तब्य तर्फ जान नपाएपछि समस्यामा परेका छन् । यसका साथै पितृ कार्यका लागी भारतका तिर्थ स्थल तर्फ जाने नेपालीहरु प्नि नाकामै रोकिएका हुन् ।

नेपालीहरुलाई प्रवेशमा रोक लगाउनुका साथै भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई समेत कडा चेकजाँच गरिन थालिएको छ । नेपालको पछिल्लो परिस्थितीलाई मध्यनजर गर्दै नेपाल आउनेहरुमाथी कडा चेकजाँच गरिएको स्वदेश फकिएका नेपालीको गुनासो छ ।
यसैबिच कैलालीमा सेना परिचालन गरिएको छ । बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएका छन् । अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

