धनगढी । विहीबार डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ को चौडमा भएको दुर्घटनाको घाईतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।बिहीवार बिहान भएको जीप दुर्घटनामा परेका चार मध्ये तीन जनाको धनगढीको माया मेट्रोमा उपचार भईरहेको हो । तीनै जनाको सघन उपचार कक्ष आईसीयू मा उपचार भईरहेको अस्पतालका जनसम्पर्क अधिकारी जगत महताले जानकारी दिएका छन् ।
विहीबार उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको थियो । गम्भिर घाईते ४७ वर्षका गणेश साउदको मायामेट्रो अस्पतालमा मृत्यु भएको थियो ।
घाईते ३ जना मध्ये १६ बर्षिय सुशीला विकको टाउकोमा चोट लागेको छ भने ४८ बर्षिय चन्द्र सिंह साउद र ३८ बर्षिय प्रकाश विकको आइसियूमा उपचार हुँदैछ ।


