धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीमा विदेशमा पनि लहर बढ्दै गएको छ । विदेशमा रहेका नेपाली नागरिकहरूले विभिन्न समिती गठन गर्ने क्रम बढेसंगै चेक रिपब्लिकमा पनि नयाँ कार्यसमती गठन भएको छ । चेक रिपब्लिकमा हस्ताक्षर कार्यक्रममा सहभागी भइका नेपालीहरुले भरत प्रसाद खनालको सभापतित्वमा नयाँ कार्य समिती निविरोध चयन गरेका छन् ।
चेक रिपब्लिकको नयाँ कार्यसमतीमा उप सभापति मुना जिसी घिमिरे, महासचिव क्षितज पोख्रेल, सह महामन्त्री राजु बोहरा, कोषाअध्यक्ष विष्णु महत र सह कोषाअध्क्ष सन्तोष रायमाझी चयन भएका हुन् । त्यस्तै संरक्षकमा जितेन्द्र रायमाझी रहेको सभापति भरत खनालले जानकारी दिए । पछिल्ला समय नेपालमा मात्रै नभई विदेशमा समेत राष्ट्रिय स्वतन्त्र पार्टी प्रति युवाहरुको सहभागिता बढ्दै गएको खनालले जानकारी दिए ।



