कञ्चनपुर । महाकाली नदीमा पानीको बहाब घटेपछि शारदा ब्यारेजमा आवागमन खुला गरिएको छ । पानीको बहाब घटेसंगै ब्यारेज चार पाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको हो । मंगलबारदेखि नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।
बिहीबार ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


