काठमाण्डौँ: नेकपा एकीकृत समाजवादीले नेता रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय थपेको छ । पार्टीको सचिवालय बैठकले उनलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिने निर्णय गरेको हो । झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै मरेको सिनो बोकेर हिँड्न नसिकने अभिव्यक्ति दिएकी थिइन् ।
त्यसपछि पार्टीले उनलाई लिखित स्पष्टीकरण मागेको थियो । चित्तबुझ्दो जवाफ नआए झाँक्रीलाई निष्कासन गर्नेसम्मको तयारी छ ।


