धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी नमुना प्राबिधिक मा।बिमा संचालित विज्ञान शिक्षा प्रवर्द्धनका लागि अन्तरकृया कार्यक्रम गरिएको छ ।
बुधबार बिद्यालयको आयोजनामा बसेरा होटलमा धनगढी उप(महानगरपालिकाका वडाअध्यक्ष संग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उपेन्द्रराज जोशीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा धनगढी उप महानगरपालिकाका उप कन्दकला कुमारी राना प्रमुख आतिथी रहेकी थिईन ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख घुम्म्न सिह बडायक, धनगढी उपमहानगरपालिका विभिन्न १५ वटा वडाका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
साथै कार्यक्रममा बिधालयमा संचालित बिज्ञान ११र१२ विषयलाई थप ब्यबस्थित बनाउन सहभागीहरुबाट सल्लाह तथा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले स्वागत सहित विद्यालयको गतिबिधि, अवस्था र विज्ञान कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रम सन्चालन सोही बिधालयका प्राबिधिक धारका संयोजक इन्जिनियर लोक राज भट्टले गरेका थिए ।


