धनगढी: धनगढी स्थित स्वस्तिक अस्पतालले चार जना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ । न्युन आय स्तर भएका चार जना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ । जिल्लाको कैलारी गाउँपालिकामा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा समस्या देखिएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरेको हो । गत शनिबार कैलारी गाउँपालिका १ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीहरु मध्ये आर्थिक अवस्था कमजोर भएका तिन जनाको निशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा.राजिब चौधरीले कैलारी गाउँपालिकाका ६५ बर्षिय खुशीराम डगौरा, सोही ठाउँका लिला राज भट्टराइ, प्रकाश चौधरी र ३ बर्षिय रियान्स चौधरीकोे हर्निया र हाइड्रोसिलको निशुल्क शल्यक्रिया गरेको हो ।
गाउँमै निशुल्क शिविर सगैं निशुल्क शल्यक्रिया भएपछि बिरामी तथा आफन्तहरु खुशी छन् । उनिहरुले निशुल्क शल्यक्रिया सगैं बेड चार्ज समेत तिर्नु परेन । आर्थिक अभावमा उपचार सेवा नपाएकाहरु लाई अस्पतालले निशुल्क शिविर सगैं निशुल्क शल्यक्रिया समेत गरेपछि उनिहरु खुशी भएका हुन् ।
दिपेन्द्र स्कुलमा स्वस्तिक अस्पतालमा निशुल्क शिविर गएको थियो त्यहाँ मेरो श्रीमानलाई लगेर गए निशुल्क हर्नियाको शल्यक्रिया गराएका प्रकाश चौधरीकी श्रीमती भजारीदेवी चौधरीले भनिन् “श्रीमानलाई समस्या थियो, गाउँमा शिविर आएको थाहा पाएपछि त्यहाँ चेकजाँच गरायौँ र डक्टरले अप्रेसन गनुपर्ने भन्नुभयो उहाँकै सल्लाहमा अस्पताल आए र अप्रेसन अनी बेडको शुल्क लागेन, सिमित रकममा श्रीमानको उपचार गर्न पाए खुशी लागेको छ, अस्पताल र डक्टर सापलाई धेरै धन्यवाद छ ।” यस्तै हर्नियाको निशुल्क शल्यक्रिया सेवा पाएका खुशीराम डगौराले हाल स्वास्थ्यमा धेरै सुधार भएको बताए । अस्पतालले गाउँमै स्वास्थ्य शिविर सगैं निशुल्क शल्यक्रिया गरिदिएको भन्दै उनले धन्यवाद दिए ।

