धनगढी: नेपाल खेलकुद महासङ्घ कैलालीको दोश्रो अधिवेशनको तयारी सम्पन्न भएको छ । दोश्रो अधिवेशन कैलालीको चौमालामा आयोजना हुन लागेको सयोंजक महेन्द्र भण्डारीले बताए । जेठ २५ गते आइतबार चौमालामा आयोजना हुन लागेको अधिवेशनको तयारी सकिएको उनले बताए ।
अधिवेशनमा ७५ जना प्रतिनिधिको सहभागिता रहने छ । सो प्रतिनिधीहरुले नयाँ नेतृत्व चयन गर्ने छ । भण्डारीका अनुसार खेलकुद महासङ्घ कैलालीले खेल गतिबिधि सगैं, खेलाडी सम्मान, सरसफाई, राहत, उद्धार लगायतका सामाजिक कार्य समेत गर्दै आएको छ ।
पालिका कमिटिका अधिवेशन सम्पन्न गर्दै अब जिल्ला अधिवेशनमा केन्द्रित भएको नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश चन्दले बताए । उनले जिल्ला अधिवेशन सम्पन्न भए पश्चात प्रदेशको अधिवेशन आयोजना हुने जानकारी दिए । त्यस लगत्तै महासङ्घको केन्द्रिय महादिवेशन आयोजना हुने छ ।


