धनगढी: कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर आयोजना भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लाभाम्बित भएका छन् । बिशेषज्ञ स्वास्थ्य सेवा लिनका लागी धनगढी धाउनुपर्ने बाध्यताका बिच गाउँमै बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर आयोजना भएपछि नागरिकहरु लाभाम्बित बनेका हुन् । समयमै स्वास्थ्य चेकजाँच नहुँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु ग्रामिण भेगका नागरिकहरुले रोग पालेर बस्नुपर्ने बाध्यता छ । सामान्य स्वास्थ्य चेकजाँच गाउँघरमै भएपनि बिशेषज्ञ सेवाका लागी टाढा जानुपर्ने बाध्यताकै कारण रोग पत्ता नलागेरैपनि केही नागरिकले मृत्युवरण गर्नुपरेका घटना छन् । यहि परिस्थितीलाई मध्यनजर गर्दै कैलारी गाउँपालिकाको वडा नम्बर १ को दिपेन्द्र माध्यमिक बिद्यामलयमा आज बिशेषज्ञ सेवा सहित निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । जसबाट ज्येष्ठ नागरिक तथा महिलाहरु ब्ढी लाभाम्बित भएका छन् । चेकजाँच सगैं औषधी समेत निशुल्क पाएपछि उनिहरु द्यगं छन् । यसका साथै बढी समस्या भएकाहरुलाई समेत थप उपचारमा छुट पाउने भएपछि यहाँका नागरिक खुशी थिए ।
यो शिविर धेरै राम्रो लाग्यो कम्मरको समस्या ल्याएर शिविरमा पुगेकी रिमा चौधरीले भनिन् “डक्टरलाई देखाउन धनगढी जाउँला सोचेकी थिए, तर आज घर आगनमै बिशेषज्ञ चिकित्सकबाट उपचार र परामर्श पाए यो धेरै राम्रो कार्यक्रम लाग्यो ।” यस्तै सेवाग्राही पुजा बोहराले गाउँमै शिविर आउँदा घर भन्दा टाढा गएर उपचार गर्न नसक्ने नागरिकलाई निकै राहत भएको बताइन् । हाम्रो गाउँमा सबै सम्पन्न छैनन, अधिकाशं नागरिक खेती किसानी गरेरै खाने हुनुहुन्छ उनले भनिन् “यो उहाँहरुका लागी निकै राम्रो अवशर हो, यस्ता शिविरले निरन्तरता पायो भने, रोग पालेर कसैलेपनि बस्नुपर्ने थिएन ।”
कैलारी गाउँपालिका र स्वस्तिक अस्पताल धनगढीको सयुंक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा हाडजोर्नी, सर्जरी, नाक–कान–घाँटी, रेडियोलोजी र फिजिसियन सेवा निशुल्क रुपमा दिइएको स्वस्तिक अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिए । यसका साथै निशुल्क औषधी समेत वितरण गरिएको छ । ग्रामिण भेगका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्य सहित शिविर आयोजना गरिएको तिवारीले बताए ।
कैलारी गाउँपालिका थारु जातीको बाहुल्यता भएको क्षेत्र हो । सो जातीमा देखिएको सिकलसेल रोग देखी अन्य बिभिन्न नसर्ने रोगलाई लक्षित गर्दै गाउँपालिकाले स्वस्तिक अस्पताल सगं सहकार्य गर्दै शिविर आयोजना गरेको गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले बताइन् । गाउँपालिकाले बिभिन्न अस्पतालहरु सगं सहकार्य गर्दै नागरिकलाई घरदैलोमै बिशेषज्ञ सेवा दिइरहेको उनको भनाई छ ।


