धनगढी । स्वस्तिक अस्पताल धनगढीले निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ । ग्रामिण क्षेत्रका आर्थिक अबस्था कमजोर र स्वास्थ्य सेवाको पहुच बाहिर रहेका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिन अस्पतालले शिविर संचालन गर्दे आएको हो । आईतबार कैलारी गाँउपालिकाको ६ बनकट्टामा अस्पतालले शिविर संचालन गर्यो । शिविरमा स्वास्थ्य सेवा लिन आउनु भएकी ८० बर्षिया घुलिया चौधरी खुशी भईन् ।
उनको आर्थिक अबस्था कमजोर छ । स्वास्थ्य चेकजाच गर्न अस्पताल जान नसकेकी उनले निशुल्क औषधी उपचार पाएपछि धेरै खुशि भईन् । घुलियाचौधरी मात्रहोईन, निशुल्क स्वास्थ्य शिविरमा ७८वर्षका विपत् राम चौधरीले पनि निशुुल्क उपचार पाए । हाडजोर्नी विरामी रहेका उनलाई विषेशज्ञ चिकित्सकले चेकजाँच गरी औषधी दिए पछि उनमा पनि खुशिको सिमा नै थिएन ।
त्यस्तै ७० वर्षिया प्रदेशी चौधरी र ६० वर्षिया पुनिदेवी जाग्रीले अस्पतालको टिम र गाँउपालिकालाई धन्यवाद दिईन । ‘अस्पताल जान स्वास्थ्यले साथदिदैन, गाउँमै डाक्टर आएर औषधी र सेवा दिएकोमा हामी, खुशि छु ।
शिविरमा ४ सय ४६ जनाले स्वास्थ्य सेव लिएको स्वस्तिक अस्पताल धनगढीका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले जानकारी दिए । शिविरमा जनरल फिजिसियन डाक्टर सुनीलपाण्डे, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर ईन्द्र बहादुर शाह, नाक कानघाँटी रोग विशेषज्ञ डाक्टर प्रशान्त भुट्ट र जनरल ल्याप्रोस्कोपिक सर्जन डाक्टर राजीव चौधरी, मिर्गौलातथा मुत्ररोग प्रणाली रोग विशेषज्ञ डाक्टर जोनस तिवारी र मेडिकल अधिकृतद्धय डाक्टर मधु स्वपना र डाक्टर सञ्जय विक्रम चौधरीले बिरामीको चेकजाँच गरेका थिए ।
शिविरको उद्घाटन वडाअध्यक्ष प्रेमबहादुर चौधरीले गरेका थिए ।
उनले निशुल्क स्वास्थ्य शिविर माफर्त स्थानिय वडा बासीले स्वास्थ्य सेवा लिन पाएकोमा खुशीब्यक्त गरे । उदघाटन कार्यक्रममा स्वस्तिक अस्पताल धनगढीका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले विशेषज्ञ डाक्टर सहित स्वास्थ्य सेवा दिन र स्वास्थ्यमा सवैको पहुच पुगाउन अस्पतालले निशुल्क स्वास्थ्य शिविर अभियान सञ्चाल गरेको बताए ।
कैलारी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार रानाले स्वस्तिक अस्पताल संगको सहकार्य तथा समन्वयमा २ दिने बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।
उनले पहिलोे चरणमा कैलारी गाँउपालिका ६ को जानकी माध्यामिक बिद्यालय परिसरमा गर्यौ भने दोश्रो चरणको जेठ १७ गते शनिवार का दिन कैलारी गाँउपालिका । १ को दिपेन्द्र माध्यमिक बिद्यालय परिसरमा गरिने बताए ।

