धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ ७ बजेतिर जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुपप्र०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीय रामपति थरुनीको मृत्यु भएको हो । उनी ट्याक्टरबाट खसेर ढालाको बायाँ टायरमा च्याप्पिएकी थिइन् । उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


