धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको जन ज्योति स्कुल नजिक सुदूरपश्चिम प्रदेश ०१०–०१–प १७४ नम्बरको मोटरसाइकलको ठक्करबाट ७८ वर्षीय मनिराम सापकोटाको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट भाइते भएका सापकोटाको घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, कैलालीले बताएको छ। मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बेलारका २५ वर्षीय खड्क रेस्मीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय, सुखडले नियन्त्रणमा लिएको छ।
कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

