धनगढी: सिमा शुरक्षा फितलो बन्दा नेपाली ब्यवसाय धरापमा पर्न थालेको भन्दै कैलालीका उधोगी, ब्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । मगंलबार धनगढी पुगेका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीलाई भेटेर कैलालीका ब्यवसायीहरुले सिमा क्षेत्रबाट अबैध रुपमा आयात हुने समान रोक्न नसके नेपाली ब्यवसाय माथी उठ्न नसक्ने बताएका हुन् । घरको समानका नाममा बिना भन्सार आयात हुने समानका कारण नेपाली बजार फस्टाउन नसकेको भन्दै ब्यवसायीहरुले अबैध चोरी, पैठारी पुर्ण रुपमा बन्द हुनुपर्ने माग राखेका छन् ।
कैलाली जिल्लाको एक सय एक किलोमिटर खुल्ला सिमा भारत सगं जोडिएको छ । खुल्ला सिमाकै कारण दैनिक लाखौँको अबैध समान नेपाल भित्रिने गरेको छ । मगंलबार उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीकहाँ कैलालीका ब्यवसायीहरुले यही समस्या राखेका छन् । मुख्यनाका त्रिनगर हुँदै दैनिक भित्रिने समान सगैं अबैध बाटोबाट भित्रिने भारतिय समानकै कारण नेपाली बजार फस्टाउन नसकेको उनिहरु बताउँछन् । घरको समान ल्याउने भन्दै दैनिक उपभोग्य बस्तुका लागी भारतिय बजार जानेको दैनिक लर्को हुन्छ । जसका कारण नेपाली बजारमा दैनिक उपभोग्य समानको बिक्रि निकै न्युन भइरहेको ब्यवसायी बताउछन् । भारतबाट अबैध रुपमा हुने तस्करी र मुख्य नाकाबाटै बिना भन्सार आयात हुने समान पुर्ण रुपमा रोक लगाउनुपर्ने उनिहरुको माग थियो ।
किराना ब्यवसायी सघं कैलालीका अध्यक्ष देवराज पाण्डेले भारतिय सिमावर्ती बजारबाट सहजै खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री बिना भन्सार आयात हुने भएपछि नेपालको किराना ब्यवसाय धरापमा परेको बताए । हामी किराना ब्यवसाय गर्ने थुप्रै छौँ, सानो लगानीले ब्यवसाय गरेका धेरै साथीहरु हुनुहुन्छ उनले भने “जुन समान भन्सार तिरेर हामी नेपालमा बिक्रि गर्छौँ त्यही समान भारतबाट हाम्रा नेपालीले बिना भन्सार सहजै ल्याउनुहुन्छ, नेपाल भन्दा स्वभाविक केही सस्तो हुन्छ र सबै उपभोक्ता उतै जानुहुन्छ तर हामीले बैधानिक बाटोबाट ब्यापार गर्न खोज्दा धरापमा परेको स्थिती छ, नाकामा कि सबैलाई बिना भन्सार समान ल्याउन सहज गरिदिनुपर्छ होइन भने बिना भन्सार आयात हुने समानमा पुर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्छ ।”
कैलाली उधोग बाणिज्य सघंका महासचिव ओम बिष्टले गौरिफन्टा नाकामा पर्ने कञ्चनपुर र भन्सार कैलालीमा हुँदापनि समस्या भएको बताए । भारतबाट नेपाल प्रवेश गर्दा शुरुमा कञ्चनपुरको शुरक्षाकर्मी छ, उसले सिधै समानलाई अबैध देख्छ, नभए कञ्चनपुर भन्सार पठाइदिने गर्छ, भन्सार तिरेर आउनेलाई झन सताउने काम शुरक्षा निकायबाटै हुन्छ त्यस कारणपनि चोर बाटोबाट समान भित्रिने क्रम बढ्दै छ उनले भने “नेपाल र भारतको सिमा पर्ने गौरिफन्टा नाकामा एक दिनभरी बस्यो भने ३ देखी ५ सय जना समान ल्याएर नेपाल आइरहेको देखिन्छ, घरायसी मालसमानको भन्सार लाग्दैन अन िमुख्य बाटोबाटै बिना भन्सार धमाधम समान आयात हुन्छ, नेपालमा ब्यवसाय गर्नेले पुरै भन्सार तिरेर समान ल्याउँछ अनी ग्राहकभरी भारत तिर जानुहुन्छ त्यस कारण एक सय रुपयाँ भन्दा बढीको समानमा भन्सार लगाउने नियम कडाइका साथ पालना गर्नुपर्छ ।”
ब्यवसायीहरुले उधोगहरुमा अनुदान तथा ब्यवसायीमैत्री कानुन निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । उपभोक्ताहरुले भने चाडवाडका बेला खाद्यान्नको कृतिम अभाव श्रृजना गर्ने र अचाकली बढेको महगंी नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन् । दैनिक उपभोग्य बस्तुको मुल्य बिहान र साझँ फरक पाइने गरेको गुनासो गर्दै धनगढीका जगत साउँदले मुल्यमा एकरुपता ल्याउन आग्रह गरे । तरकारी र फलफुलको मुल्य मनलाग्दी लिने गरिएको भन्दै यसको नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने उनको भनाई छ ।
ब्यवसायी र उपभोक्ताका मागलाई सम्बोधन गर्न ब्यवसायी सुध्रिनुपर्ने उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीको भनाई छ । कृतिम अभाव श्रृजना गर्ने र चाडवाडमा दोब्बर रकम अशुल्न खोज्ने मनसाय त्याग्न उनले ब्यवसायीहरुलाई आग्रह गरे । नेपाली उपभोक्ताहरुलाई उचित मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराए एक दिनमै भन्सार कडाई गर्न सकिने मन्त्री भण्डारीले बताए । कैलालीका सबै ब्यवसायी एक मत भए बिना भन्सार एक सय रुपयाँ भन्दा बढीको समान ल्याउन नपाइने निर्णय तत्काल कार्यान्वयन हुने भण्डारीको भनाई छ । भण्डारीले सिमाबाट हुने अबैध पैठारीलाई रोक्न शुरक्षा निकायलाई निर्देशन दिए । यसका साथै बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिए । बजार अनुगमन प्रभावकारी बने अबैध गतिबिधि पुर्ण रुपमा बन्द हुने उनको भनाई थियो ।
चाडवाडका बेला नेपाली बजार सुनसान रहेपनि भारतिय सिमा क्षेत्रका बजारमा निकै चहलपहल बढेको हुन्छ । घरका लागी ल्याउने बाहानामा दैनिक बिना भन्सार भित्रिने लाखौँको समानले नेपाली अर्थतन्त्रमा पनि क्षती पु¥याएको छ । त्यस कारण खुला सिमामा शुरक्षा निकायको निगरानी बढाउनुका साथै एक सय रुपयाँ भन्दा माथीको समान बिना भन्सार आयातमा पुर्ण रोक लगाउनुपर्छ । यसका साथै नेपाली ब्यवसायीहरुले काला बजारी र महगीं नियन्त्रणमापनि ध्यान दिनुपर्छ ।


