धनगढी: हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा धनगढी स्थित रेडिकल एकेडेमीले तिज मिलन तथा सास्ंकृतिक कार्यक्रम आयोजना गरेको छ । एलएन चोकमा रहेको एकेडेमीले तिजको पुर्वसन्ध्यामा दर समेत खुवाएको हो । सुदुरपश्चिम प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाको प्रमुख आतिथ्यता र रेडिकलका प्रबन्ध निर्देशक प्रकाश बहादुर छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरुले तिज विशेष साँस्कृतिक प्रस्तुतीहरु पस्केका थिए ।
तिज हाम्रो संस्कृतिको अभिन्न अंग भएकोले तिजलाइ समाज सुहाउँदो तरिकाले मानाउनु पर्ने कुरामा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य थापाले जोड दिइन् । सोही अवसरमा रेडिकल एकेडेमीले विद्यार्थीहरुलाई दर पनि खुवाएको थियो ।


