धनगढी: बैतडीमा कपडा सुकाउने बेला करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार पाटन नगरपालिका-६ डुङग्राकी ५७ वर्षीया जानकी लुहार आफ्नै घर नजिक विद्युतको पोलबाट मिटर बक्समा ल्याएको तार खुल्ला भई करेन्ट प्रवाह भएको ग्याबिङ जालिमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा मृत्यु भएको प्रहरीले बताएको छ । साथै लुहारलाई लागेको करेन्ट छुटाउने क्रममा सोही ठाउँ बस्ने ३८ वर्षकी कलावती ओड, १२ वर्षकी पवित्रा ओड, १० वर्षकी भवनेश्वरी ओड र २२ वर्षकी सिता लुहारलाई करेन्टको झड्का लागेको र अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।
बैतडीमा कपडा सुकाउँदा करेन्ट लागेर महिलाको मृत्यु, ४ जना घाइते
बैतडीमा कपडा सुकाउँदा करेन्ट लागेर महिलाको मृत्यु, ४ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

