धनगढी: कैलालीको गोदावरीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन । आइतबार राती प्रहरीले कटुवा पेस्तोल सहित गोदावरी नगरपालिका – ५ गेटा बिस्कुट फ्याक्ट्री नजिक राजपुरका २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन । उनलाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट १ कटुवा पेस्तोल (काठ र फलामले बनेको, खिया लागेको, घरमा बनाएको जस्तो देखिने) फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका रानालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको जनाइएको छ ।
गोदावरीबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ
गोदावरीबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

