धनगढीः कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। शनिबार विहान धनगढी उपमहानगरपालिका–२ महालक्ष्मी विकास बैंक नजिकै राजेश श्रेष्ठको तीन तले घरको तेस्रो तलामा पहिचान नखुलेका एक जना मृत अवस्थामा फेला परेका हुन्। एक बर्षदेखि कोठा गरी तर पहिचान नखुलेका करिब ६२ वर्षीय पुरुष आफु सुत्ने कोठामा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। लेखराज जोशीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोपालबहादुर कार्कीको कमाण्डमा ५ जना र थप अनुसन्धानको लागि प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा एसओसीओसहित प्रहरी टोली खटिएको थियो।
धनगढीको तिन तले घरमा एक पुरुष मृत भेटिए
धनगढीको तिन तले घरमा एक पुरुष मृत भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

