धनगढी :ग्यास डिलर्स एशोसियसन धनगढी कैलालीको तेश्रो साधारणसभा सम्पन्न भएको छ । सनिबार धनगढीमा एक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो । एशोसियसनका अध्यक्ष छवीराज भट्टको अध्यक्षतामा आयोजित साधारणसभामा नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष हिमाल जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जोशीले ग्यास डिलर्स पेषा अन्त्यन्त सबेंदनसिल पेषा रहेको बताए । ग्यासमा फाइदा कम जोखिम बढी भएका कारण सबेंदनशिल भएर काम गर्न उनले आग्रह गरे ।
एउटा ग्यास सिलिन्डर बेचे वाफत तपाइहरुलाई २५/५० रुपयाँ आउँछ होला त्यसमा करिब दुई हजार लगानी गर्नुहुन्छ जोशीले भने “लगानी धेरै फाइदा निकै कम भएको यो पेषामा जोखिम बढी छ, एउटा सिलिण्डरमा समस्या आयो अथवा पड्कियो भने करोडौँको क्षती हुन्छ, ज्याननै जोखिममा हुन्छ त्यस कारण सबंदनसिल भएर काम गर्नुपर्छ, तपाइहरुका समस्या धेरै छन् ति समस्या सरकार कहाँ पुगाउनका लागी सगंठिन हुन जरुरी छ, पत्रकारिताका माध्यमबाट हामीहरुको तपाइहरु सगैं सहकार्य रहने छ ।”
कार्यक्रममा बोल्दै ग्यास डिलर्स एशोसियसनका बरिष्ठ सल्लाहकार गणेस भण्डारीले कुनैपनि संस्था सगंठन बिना नचल्ने बताए । ब्यवसायीका समस्याका बेला सगंठननै चाहिने भएका कारण सगंठनलाई बलियो बनाउने सबैको दायित्व रहेको भण्डारीले बताए । संस्था स्थापनाको १७ बर्ष भइसक्यो समस्या पर्दा सगंठन चाहिन्छ तर सगंठन बनाउन एक दुई जनाले हुँदैन उनले भने “हाम्रा थुप्रै समस्या छन्, सगंठन बलियो भएपो ति समस्याको सम्बोधन गराउन सहज हुन्छ, सरकारलाई झकझक्याउन सजिलो हुन्छ, त्यस कारण सगंठनमा आबद्ध नभएकालाई गराउने र सबै टिम सक्रिय बन्ने तर्फ केन्द्रित हुनुहोला ।”
कार्यक्रममा ग्यास डिलर्स एशोसियसन धनगढी कैलालीका सह-सचिव अक्कल बहादुर बिष्टले स्वागत मन्तब्य राखेका थिए । एशोसियसनका उपाध्यक्ष दिपेन्द्र शाही र सदस्य कलावती ऐरले सहभागी प्रमुख अतिथि तथा अतिथिहरुलाई खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रम सभापन गर्दै एशोसियसनका अध्यक्ष छवीराज भट्टले मजबुत सगंठन बनाउँदै जिल्लाभरी बिस्तार गर्ने गरी लाग्ने बताए । आगामी दिनमा सगंठनका गतिबिधि समेत बढ्ने उनको भनाई थियो ।


