जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुताेष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टाेलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएकाे हाे। थप ४ जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे पनि उनले बताए। आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेकाे प्रमुख श्रेष्ठले जानकारी दिए। स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टाेलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएकाे थियाे। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेकाे बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेकाे जनाएकाे छ।
धनगढीका थप २ जनामा हैजा पुष्टि
धनगढीका थप २ जनामा हैजा पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

