धनगढी : कैलालीको गोदावरी नगरपालिकाले विद्यालयहरुमा फेरि गर्मी बिदा दिएको छ । नगरपालिकाले बुधबार सूचना जारी गर्दै विद्यालयहरुमा दुई दिन गर्मी बिदा दिइएको जनाएको हो ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै वर्षे बिदाबाट मिलान हुनेगरी ६ र ७ गते ९भोली र पर्सी० पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा बिदा दिइएको सूचनामा उल्लेख छ । गोदावरीका विद्यालयहरुमा यसअघि पनि जेठ २० देखि २५ गतेसम्म गर्मी बिदा दिइएको थियो ।



